सेन्ट–डेनिस डे ला रियुनियन । फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तीमा १४ जनाको मृत्यु भएका अधिकारीहरूले बताएका छन् ।
उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन् ।
अधिकारीहरूले संकलन गरेको अस्थायी सूचीमा १४ जनाको मृत्यु भएको एक सुरक्षा स्रोतले एएफपीलाई बताएको छ ।
मेयोटको राजधानी मामुदजोउका मेयर अम्बादिलवाहेदोउ सौमाइलाले चक्रवातका कारण २४६ जना गम्भीर घाइते भएका बताए । “अस्पताल तथा विद्यालयहरू प्रभावित भएका छन् । घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।”
कार्यवाहक आन्तरिकमन्त्री ब्रुनो रिटेललेउले भने, “शनिबार राति पेरिसमा संकट बैठकपछि कम्तीमा २२६ किलोमिटर प्रतिघण्टाको आँधीले यस क्षेत्रका धेरै बस्तीहरू पूर्ण रूपमा ध्वस्त गरेको छ । आँधीले बिजुलीका खम्बाहरू उडाइयो, रूखहरू उखेलियो साथै कम्तीमा एकतिहाइ जनसंख्याको मृत्यु भयो ।” रासस/एएफपी