site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम प्लेअफमा, अन्तिम खेलमा पनि पोखरा पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि पाँच रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुनिश्चित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।

यो हारसँगै पोखराले सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा प्लेअफ समीकरणबाट बाहिरिँदा सुदूरपश्चिमले भने शीर्ष चार स्थान पक्का गरेको हो । ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखराका आन्द्रियस गौसले २१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । रेमोन रेफरले २८ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन थपे । किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यी दुईले ६९–५ को स्थितिबाट छैटौँ विकेटका निम्ति ७० रनको साझेदारी गर्दै पोखराको मध्यक्रम सम्हालेका थिए ।

यसबाहेक, ओपनर दिनेश खरेलले १५ र जेन मलिकले १० रन थपे । पोखराका सुदीप अर्याल ‘डायमन्ड डक’ भए ।

सुदूरपश्चिमका स्कट कुग्गेलेनले पाँच विकेट लिए । ३.४ ओभर बलिङ गरेका कुग्गेलेनले एक मेडन फ्याँक्दै १८ रन खर्चिए । कुग्गेलेनले अन्तिम ओभरको चार बलमा पोखराका तीन ब्याटरलाई पभेलियनको दिशा देखाएका थिए ।

हर्मित सिंहले तीन विकेट लिए । सैब जैबको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे ।

यस्तै, ओपनर विनोद भण्डारीले १४ रन थप्दा हर्मित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए । इशान १९औँ ओभरको पहिलो बलमा ‘रिटायर्ड आउट’ भएका थिए ।

पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुशलले २७ रन खर्चिए । यस्तै, रेमोन रेफर, सागर ढकाल र माइकल लियस्कले समान एक विकेट लिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro