site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट
तस्बिर : एएफपी ।
Tiktok banner adTiktok banner ad

वासिङटन । मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेका छन् । विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए ।

“इराकी प्रधानमन्त्री सुदानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौँ । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ,” ब्लिन्केनले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

अलजजिराका अनुसार, ब्लिन्केन र अल–सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसंख्यकको सुरक्षाका निम्ति छलफल गरे ।

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता गर्ने विषयलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् । अल–बसिरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासको एक भागका रूपमा विदेशमा रहेका लाखौँ सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro