site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अहमेदप्रेरित विराटनगरको दोस्रो जित, प्लेअफ सम्भावना कायमै 

काठमाडौं । बसिर अहमेदको अलराउन्ड प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध ५१ रनको जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । प्रतियोगितामा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

चौथो खेलमा पुनः पराजय भोगेको विराटनगरलाई कर्णाली याक्सले सात रनले निराश बनाएको थियो । पाँचौँ खेलमा विराटनगरले पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनको हार व्यहोरेको थियो ।

Dabur Nepal
NIC Asia

चितवनका अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले २५ बलमा तीन चौका र एक छक्कासहित २८ रन बनाए । कप्तान कुशल मल्लले २५ रन थपे । उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । 

रवि बोपाराले २४ बल खेल्दा दुई चौका प्रहार गर्दै २० रन जोडे । हसन एसाखिलले पाँच रन जोड्दा बसिल हमेद एक रनमै पभेलियन फर्किए । विराटनगरका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २८ रन खर्चिए । जारी प्रतियोगितामा सन्दीपको यो सबैभन्दा राम्रो स्पेल हो ।

क्रिस सोल, बसिर अहमेद र सुवास भण्डारीले समान एक विकेट लिए । चार ओभर बलिङ गरेका बसिरले एक मेडन फ्याक्दै १९ रन खर्चिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।

बसिरले ९८–५ को स्थितीबाट पाँचौँ विकेटका निम्ति राजेश पुलामी मगरसँग ८३ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रन पार गराएका थिए । राजेश पुलामी मगरले अविजित ३३ रन थपे । राजेशले २० बलमा एक चौका र तीन छक्का प्रहार गरे । 

विराटनगरका ओपनर लोकेश बम र स्कट एड्वार्ड्स ‘डक’ भए । दीपक बोहराले पनि चार रनमात्र थप्न सके । निकोलस किर्टोनले आठ रन जोडे । चितवनका रिजन ढकालले दुई विकेट लिए । चार ओभर बलिङ गरेका रिजनले ४० रन खर्चिए । सोहेल तान्विर, बसिर अमिद र कुशल मल्लले समान एक विकेट हात पारे । 

प्रतियोगितामा चितवनको भने यो तेस्रो हार हो । चितवनले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवनले तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको चितवनले पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध ३३ रनका पराजय व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro