site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरका बसिरले बनाए अर्धशतक 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट बसिर अहमेदले अर्धशतक बनाएका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरबाट बसिरले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । प्रतियोगितामा बसिरको यो पहिलो अर्धशतक हो ।

जारी खेलको १८ ओभर समाप्त हुँदा विराटनगरले पाँच विकेट गुमाएर १४३ रन बनाएको छ ।

Dabur Nepal
NIC Asia

प्लेअफ सम्भावना कायम राख्न आज दुवै टिम जितको दबाबमा छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । यसअघि प्रतियोगिताको प्लेअफ समीकरणबाट लुम्बिनी लायन्स बाहिरिसकेको छ ।

विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

चौथो खेलमा पुनः पराजय भोगेको विराटनगरलाई कर्णाली याक्सले सात रनले निराश बनाएको थियो । पाँचौँ खेलमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा १३ रनको हार व्यहोरेको थियो ।

यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

तालिकाको तेस्रो स्थानमा आसिन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ । चितवनले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । 

दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवनले तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको चितवनले पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध ३३ रनका पराजय व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro