site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टिम
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । जनकपुरले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेसँगै प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतियोगितामा छैटौँ खेल खेलेको जनकपुरको यो पाँचौँ जित हो । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

JanakpurvsKathmandu-(5)-1733999042.jpg
जनकपुरको जितमा जिम्मी निसमले १७ बलमा एक चौका र तीन छक्कासहित २७ रन बनाए । ४४–४ को कठिन स्थितिबाट निसमले पाँचौँ विकेटका निम्ति हर्ष थाकेरसँग ३३ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक डोहोर्‍याएका थिए ।

अविजित रहेका थाकेरले २५ बलमा एक चौका र एक छक्कासहित २५ रन बनाए । थाकेरसँगै अविजित रहेका मोहमद मोहसिनले सात बलमा तीन चौकासहित १३ रन जोडे ।

जनकपुरका कप्तान लहिरु मिलान्थाले १६ रन थप्दा, कप्तान अनिल साहले ११ रन बनाए । सुवास कंसाकारले पाँच र आसिफ सेखले दुई रन जोडे ।

JanakpurvsKathmandu-(3)-1733999041.jpg
काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिए । साहब आलम, गेरहार्ड इरास्मस र दिपेश कँडेलको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो ।

काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा दुई चौका र एक छक्कासहित १९ रन थपे । साहब आलम आठ रनमा अविजित रहे ।

ओपनर स्टेफन एस्किानजीले १९ बलमा दुई चौकाहित १७ रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

त्यसअघि काठमाडौंले ओपनर माइकल लेभिटलाई आठ र भीम सार्कीलाई चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । राशिद खानले सात, प्रतिक श्रेष्ठले ६ र राशिद खानले एक रन थपे । काठमाडौंका सुमित महर्जन र दिपेश कँडेल ‘डक’ भए ।

JanakpurvsKathmandu-(6)-1733999039.jpg
काठमाडौंविरुद्ध जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याँक्दै आठ रनमात्र खर्चिए । उनले काठमाडौंका स्टेफन एस्किनाजी, सुमित महर्जन र प्रतीक श्रेष्ठको विकेट लिए ।

योसँगै ललित प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले हालसम्म ६ खेल खेल्दा ११ विकेट लिएका छन् । उनलाई पछ्याइरहेका जनकपुरकै किशोर महतोले ६ खेलमै १० विकेट लिएका छन् ।

ललितबाहेक, शेर मल्लले पनि तीन विकेट लिए । ३.३ ओभर बलिङ गरेका शेरले ११ रनमा खर्चिए । शेरले डान डाउथवेट, करण केसी र दिपेश कँडेलको विकेट लिए । 

मोहमद मोहसिनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका मोहसिनले २० रनमात्र खर्चिए । उनले भीम सार्की र गेरहार्ड इरास्मसलाई पभेलियनको दिशा देखाएका थिए । 

JanakpurvsKathmandu-(2)-1733999040.jpg
यस्तै, किशोर महतो र अर्निको यादवले समान एक विकेट लिए । किशोरले माइकल लेभिट र अर्निकोले राशिद खानको विकेट लिएका थिए ।

जितसँगै ६ खेलबाट १० अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट चार अंक जोडेको काठमाडौं तालिकाको चौथो स्थानमा छ । 

काठमाडौंले यसअघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।

दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा भने काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro