site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित‍
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए । “अध्यक्षको कार्य व्यस्तताले आजको बैठक स्थगित भएको छ,” उनले भने ।

उनका अनुसार, बैठक भोलि ११  बजे बस्ने तय भएको छ । प्रचण्ड कार्यक्रमका लागि चितवन पुगेका छन् ।

स्थायी कमिटी बैठकमा उपनिर्वाचनको समीक्षालगायत समसमायिक विषयमा छलफलको तयारी छ । त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने तयारी भएको नेताहरू बताउँछन् ।

पुनले पार्टीमा सक्रिय हुन खोजेका छन् । यसअघि नै पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित केन्द्रीय सदस्यको रूपमा उपस्थित भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro