site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २७ सय विन्दु तल, ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ को घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार घटेर बन्द भएको छ । बजार ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३८ र म्युचुअल फन्ड समूहको परिसूचक ०.३९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.६४ प्रतिशतले घटेको छ ।

बिहीबार ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशतले वृद्धि भएको छ । जानकी फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro