site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरविरुद्ध जितपछि सुदूरपश्चिमका अलराउन्डर इशान भन्छन्– टिममा दबाब थिएन

काठमाडौं । सुदूरपश्चिम रोयल्सका अलराउन्डर इशान पाण्डेले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध खेल्नुअघि टिममा कुनै पनि दबाब नभएको प्रतिक्रिया दिएका छन् । जनकपुरले प्रतियोगितामा चौथो जित निकाल्ने क्रममा बुधबार जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १२४ रनको लक्ष्यसहित मैदान उत्रिएको जनकपुरलाई सुदूरपश्चिमले ५१ रनमै समेटेको थियो । जनकपुरविरुद्ध ब्याटिङ र बलिङ दुवैमा राम्रो योगदान पुर्‍याएका इशान खेलको ‘प्लेयर अफ दी म्याच’ समेत घोषित भएका थिए ।

खेलपछि इशानले जनकपुरविरुद्ध खेल्नुअघि सुदूरपश्चिममाथि कुनै दबाब नरहेको बताए । “दबाब हामीलाई एक प्रतिशत पनि थिएन । बिहानैदेखि हार्ने कुरा दिमागमा नै थिएन । जनकपुर बोल्ट्स टेबलमा हामीभन्दा एक स्थान माथि छ, उनीहरूलाई हरायो भने यसअघिका शंका सबै मेटिन्छ भन्ने सबैभन्दा ठूलो मोटिभेसन थियो,” इशानले भने, “बीचमा दीपेन्द्र दाईसँग खेल्दा धेरै सजिलो भयो । ब्रायन लारा आउने कुराले निक्कै उत्साहित छु । सानैदेखि टीभी खोल्नासाथ ब्रायन लारा र सौरभ गांगुली आउथ्यो । लारासँग एकपटक भेटेर छोटो कुरानकानी गर्न पाए पनि क्रिकेट खेलेको सार्थक हुन्छ जस्तो लाग्छ ।”

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले अंक तालिकामा जनकपुर बोल्ट्सलाई नै पछि पारेको हो । तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरले पनि पाँच खेलबाट आठ अंक नै जोडेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro