site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय परिचयपत्रले चार अर्ब रुपैयाँ बचत, साढे ५४ लाख कार्ड छापिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सुरक्षा प्रणालीसँग आबद्ध गर्दा करिब चार अर्ब रुपैयाँ बचत भएको जनाएको छ । हालसम्म करिब साढे ५४ लाख परिचयपत्र छापिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) ५४ लाख ५४ हजार तीन परिचयपत्र छापिएको विभागले जनाएको छ । यसमध्ये ४४ लाख ५९ हजार ६६४ परिचयपत्र वितरणका लागि सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ । हालसम्म १४ लाख ३० हजार १३३ परिचयपत्र वितरण भइसकेको विभागले जनाएको छ ।

परिचयपत्र छपाइका लागि एक करोड ६० लाख ९४ हजार ८९४ व्यक्तिको विवरण संकलन भइसकेको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३६ लाख आठ हजार ९३२ जना लाभग्राहीमध्ये ३३ लाख ७२ हजार ५०९ जनाले मात्र नवीकरण गरेको बताइएको छ । दुई लाख ३६ हजार ४२३ जनाले नविकरण गरेका छैनन् ।

भत्ता वितरणका लागि यकिन तथ्यांक समेटिने र अनलाइनबाट प्रक्रिया हुने भएसँगै चार अर्ब रुपैयाँ बचत भएको गृहमन्त्रालय अन्तर्गतको विभागले जनाएको छ ।

हालसम्म ७३ वटा जिल्लाबाट परिचयत्र बनाउनका लागि विवरण संकलन भइसकेको विभागले जनाएको छ । डोल्पा, मुगु र हुम्ला जिल्लामा विवरण संकलन अभियान सुरु हुन बाँकी छ ।

हाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस)सँग सामाजिक सुरक्षा कोष, आन्तरिक राजश्व विभाग, स्वास्थ्य बिमा बोर्ड, यातायात व्यवस्था विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एपको प्रणाली र निवृत्तीभरण व्यवस्थापन कार्यालयको प्रणालीसँग आबद्ध भइसकेको छ । कर्जा सूचना केन्द्रसँग आबद्धता परिक्षण भइसकेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro