site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले सिरियाबाट आफ्ना ७५ नागरिकलाई स्वदेश ल्याउँदै

काठमाडौं । भारतले सिरियामा रहेका ७५ जना भारतीय नागरिकलाई विमानबाट स्वदेश ल्याउने भएको छ । भारतको विदेश मन्त्रालयले गए राति सबै भारतीय सुरक्षितरूपमा लेबनान पुगेको र उनीहरू व्यावसायिक उडानबाट भारत फर्किने बताएको छ ।

उनीहरूमध्ये जम्मू–कश्मीरका ४४ 'तीर्थयात्री' पनि छन् । जो सिरियाकी सयदा जैनबको दरबारमा गएका थिए ।

विदेश मन्त्रालयले भारत सरकारले विदेशमा रहेका भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिएको बताएको छ । मन्त्रालयले सिरियामा रहेका भारतीय नागरिकलाई दमास्कसस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

सिरियामा असद सरकारको पतनपछि अन्य देशले आक्रमण तीव्र बनाएका छन् । इजरायलले सिरियाको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ । अमेरिकाले मध्य क्षेत्रमा आक्रमण गरेको छ । टर्कीसँग सम्बन्धित विद्रोही सेनाले उत्तरी क्षेत्रमा आक्रमण गरेको छ ।

रोयटर्सका अनुसार टर्कीका विद्रोही सेनाले सिरियाको उत्तरी क्षेत्र मानबिज कब्जा गरेको छ ।

आउटलुकइन्डियाबाट ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro