site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने

काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजका लारा नेपाल आउने जनाएका हुन् ।

क्यानका अनुसार लारा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने भएका हुन् । यद्यपि, लारा कहिले आउँछन् भनेर खुलाइएको छैन ।

वेस्ट इन्डिजका चर्चित क्रिकेटर लारा टेस्ट क्रिकेटको एउटै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याटर हुन् । उनले यो कीर्तिमान सन् २००३ मा इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा बनाएका थिए । उनले वेस्ट इन्डिजबाट १३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९५३ रन प्रहार गरेका छन् ।

यस्तै, उनले २९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकसहितले १० हजार ४०५ रन रन बनाएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro