site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको निष्कर्ष : प्रधानमन्त्रीको चीन भ्रमण सफल

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालयमा मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दिर्घकालीन विकासमा सहयोग पुग्नेगरी सम्झौता र सहमति भएको भन्दै चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बीआरआईका विषयमा भएका समझदारी निकै महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको ज्ञवालीले बताए ।

त्यस्तै, सचिवालय बैठकले स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलब्धि हासिल गरेको निष्कर्ष समेत निकालेको उनले जानकारी दिए । काठमाडौं–१६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको उल्लेख गरे । बैठकले सहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको छ ।  

सचिवालय बैठकले सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै गलत सूचनाको माध्यमबाट राजनीतिक दल, नेता र प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने प्रवृति उचित नभएको भन्दै गलत कुराको खण्डन र सही विचारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

ज्ञवालीले बीआरआई आफैँमा परियोजना नभएको र यसअन्तर्गत विभिन्न परियोजना सञ्चालन हुने भएकाले बीआरआई अवधारणामा नै ऋण वा अनुदानको विषय जोड्नु गलत भएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्डले पछिल्लोपटक दिएका अभिव्यक्तिहरू गैरजिम्मेवार रहेको बताए ।

रवि लामिछानेका विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेका टिप्पणीहरू अनुसन्धानलाई नै प्रभावित पार्ने प्रकारको रहेको उनले बताए । ज्ञवालीले राजावादीहरूसँग प्रचण्डले हात मिलाउन खोज्नु राजनीतिक विचलन भएको टिप्पणी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro