site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गणितीय सम्भावना जोगाउन जितको दबाबमा लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लायन्स पहिलो जितको खोजीमा हुनेछ ।

लुम्बिनी प्रतियोगितामा जितविहीन एकमात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार बेहोरेको लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार बेहोरेको थियो ।

यसैकारण प्रतियोगिताका प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

यता, प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

चितवनले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवन तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । यस्तै, चौथो खेलमा चितवन प्रतियोगिताको उपाधि दाबेदारका रुपमा हेरिएको सुदूरपश्चिम रोयल्ससँग ३३ रनले पराजित भएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro