site stats
बाह्रखरी :: Baahrakhari
कला
‘दुखी आत्मा’मा श्रवण मुकारुङका १० कविता समावेश 

काठमाडौं । कवि श्रवण मुकारुङका कविता चलचित्र ‘दुखी आत्मा’ले प्रयोग गर्ने भएको छ । कवि मुकारुङले ‘दुखी आत्मा’का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘दुखी आत्मा’को पटकथा अनुसार कवि मुकारुङका कविता चलचित्रभित्र सन्दर्भअनुसार राखिएको बताइएको छ ।

Argakhachi Cement Island Ad

“चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,” कवि मुकारुङले भनेका छन्, “म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।” 

चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरूको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताएको निर्माणपक्षले जारी गरेको प्रेसनोटमा उल्लेख छ । 

कवि मुकारुङका कविताले चलचित्रको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने निर्देशक लामोको विश्वास छ । 

मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’का प्रमुख अभिनेता दयाहाङ राईमाथि फिचरिङ गरिएको निर्देशक लामाले बताएका छन् । 

सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन् । 

आलोक शुक्लाले खिचेको चलचित्र भ्यालेन्टाइन डेको अवसरमा फागुन २ गतेबाट प्रदर्शन हुँदै छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्