site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको बताएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा 'प्यालेस्टाइनीमाथि इजरायली जनसंहारविरुद्व देशव्यापी हस्ताक्षर अभियान'को उद्घाटन गर्दै उनले इजरायलले प्यालेस्टाइनमाथिको ज्यादतीविरुद्ध विगतदेखि नै विश्वव्यापीरूपमा आवाज उठ्दै आएको बताए ।

"अहिले पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापीरूपमा विरोध हुँदै आएको छ । संयुक्त राष्ट्रसंघमा पनि यसका बारेमा पटकपटक प्रस्ताव पारित हुने गरेका छन् । तर ती सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ," उनले भने ।

अमानवीय ढंगले भइरहेको आक्रमणविरुद्ध सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ । "२१औँ शताब्दीको सभ्य समाज भनिन्छ । लोकतन्त्रको युग भन्ने गरिन्छ । तर, यो २१औँ शताब्दीको सभ्य भनिएको समाजमा लोकतन्त्रको नयाँ युग भनिएको बेलामा पनि यति अमानवीय ढंगले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नुपरेको छ, मानव जातिले । त्यसकाविरुद्ध विश्वव्यापी आवाज उठाउन हामी सबैको कर्तव्य हुन आउँछ," उनले भने ।

७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री प्रचण्ड नै थिए । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान थालेका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro