देश
काठमाडौं । वीरगञ्जको सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पुर्याइएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका जोशी र खनाललाई सोमबार पर्सा पुर्याइएको हो । उनीहरूलाई आइतबार राति नै सडकमार्ग हुँदै पर्सा लगिएको थियो ।
सोमबार पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पर्सा लगिँदै छ ।
उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं र काठमाडौंबाट हवाईमार्ग हुँदै सिमरा लगिने प्रहरीले जनाएको छ । लामिछाने गत कार्तिक २ गते र पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्