site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिवि उपकुलपतिले ‘मेरिटोक्रेसी’का नाममा भद्दा नाटक मञ्चन गर्दै छन् : महासचिव पोखरेल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपति केशरजंग बरालले मेरिटोक्रेसी (योग्यताक्रम)का नाममा भद्दा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले बरालको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।  

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरिएको तर त्यतिबेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफूनिकट व्यक्तिलाई भीसी बनाउने गरी प्रक्रिया अघि बढाएको उनको दाबी छ । उनले लेखेका छन्, ‘‘सोहीअनुसार माओवादीनिकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजनाअनुरुप २ नम्बरमा रहेका बराल भीसी बनाइए ।’’ 

सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइएको र त्यहाँ पनि सोहीअनुसारको प्रक्रियाबाट सत्तानिकट व्यक्ति भीसी चुनिएको उनले दाबी गरेका छन् । उनले लेखेका छन्, ‘‘अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।’’

यतिवेला त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लीन रहेको पोखेलको आरोप छ । त्यसलाई उनले मेरिटोक्रेसीको जामा लगाइदिएको र त्यही नाटकलाई उनीनिकटका माओवादी समर्थकहरुले धुवाँधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेको उनले पोखरेलले उल्लेख गरेका छन् । 

‘‘के साँच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिड्न चाहेको भए उनले छनौट कमिटीमा कसलाई राख्ने भन्ने कुरामा कुनै चासो वा हस्तक्षेप गर्ने थिएनन् । प्राज्ञिक नेतृत्व जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे । वा प्राज्ञहरुको रोस्टर तयार गरेर लट्रीका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे,’ पोखरेलले लेखेका छन्, ‘तर उनले त्यो दुवै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोहीअनुसार छनौटका मापदण्ड तयार गर्न लगाए ।’

अहिले पनि उपकूलपति बरालले विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिरहेको पोखरेलले बताएका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि नबढ्ने, झन् धरासायी हुने उनको बुझाइ छ ।

अन्त्यमा उनले लेखेका छन्, ‘‘त्यसैले मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौँ ! सम्पूर्ण कामलाई खुला र पारदर्शी ढंगले विश्वविद्यालयको दीर्घकालीन हितलाई ध्यानमा राखेर अघि बढाऔँ !!

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro