site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्‍याउन ‘दायाँ र बायाँ कोण’बाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको उल्लेख गरे । सोही कारण केही ढिलो गरी भए पनि शान्ति प्रक्रियाका बाँकी काम राष्ट्रिय सहमतिबाट पूरा हुने उनले बताए ।

उनले वामपन्थीलाई एकै ठाउँमा ल्याउन शनिबार नै तीन दलसँग सकारात्मक छलफल भएको जानकारी दिए । अब एकताको विकल्प नभएको उनले बताए ।

उनले मुलुकको परिवर्तनको रक्षा र संविधानको ठिक ढंगले कार्यान्वयनका निम्ति पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसद्‌मा पुर्‍याएको भन्दै यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए । विधेयक अझै पूर्ण नभएको उनको भनाइ छ ।

शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गरिनुपर्नेमा उनले जोड दिए । त्यसका निम्ति शिक्षकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको थियो । योसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro