देश
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका कृष्ण गुरुङ पक्राउ परेका छन् । पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको हो ।
उनी सूर्यदर्शन सहकारीका सदस्य हुन् । उनलाई विमानस्थल प्रहरीले पोखरा बुझाएको छ । उनी विदेश जान विमास्थल पुगेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल सूर्यदर्शन सहकारीसहित थप चार सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीसमेत कास्की प्रहरीको थुनामा छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १३:४१
प्रतिक्रिया दिनुहोस्