अर्थ व्यवसाय
काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजार परिसूचक १५ अंकले घटेको छ । यस दिन बजार १५.९३ अंकले घटेको हो ।
बजार घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१५ अंकले घटेको बजारमा आठ अर्ब ३६ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
खानीखोला हाइड्रो, सुपरमादी, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एनसीसी डिबेन्चर उच्च कमाउने कम्पनीको शीर्षमा परे ।
समूहगत सूचकतर्फ जीवन बिमा र व्यापार समूह बढ्दा बाँकी ११ समूहको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्