site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
Argakhachi Cement Island Ad

उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबर रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो ।

घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्