site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियालको हारले बार्सिलोनालाई फाइदा

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओसँग २–१ को हार व्यहोर्दा शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर गुमाएको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको रियालले बार्सिलोनाभन्दा चार अंकले पछि छ । बुधबार राति सम्पन्न खेलमा जित निकाल्दा रियाल र बार्सिलोनाबीचको अंक दूरी एक अंकमात्रै हुने थियो । 

Dabur Nepal
NIC Asia

सान मामेसमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन एलेसान्ड्रो रेमिरो र गोर्को गुरुजेटाले गोल गरे । रियालका जुड बेलिङ्घमले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो । ५३औँ मिनेटमा रेमिरोले गोल गर्दै बिल्बाओलाई अग्रतामा राखेका थिए । तर, ७८औँ मिनेटमा बेलिङ्घमले गोल गरेपछि रियाल खेलमा फर्कियो । त्यसको दुई मिनेटपछि नै गुरुजेटाले गोल गर्दै बिल्बाओलाई पुनः २–१ को अग्रतामा राखे । यही गोल निर्णायक बन्दा बिल्बाओले रियालसँग तीन अंक खोसेको हो ।

जितसँगै १६ खलबो २९ अंक जोडेको बिल्बाओ तालिकाको चौथो स्थानमा उक्लिएको छ । १५ खेलबाट ३३ अंक जोडेको रियाल भने तालिकाको दोस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भने १६ खेलबाट ३७ अंक जोडेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro