site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछाने सरकारी वकिल कार्यालयमा, समर्थक सडकमा

काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो ।

चितवन पुर्‍याइएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएको हो ।

उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई चितवन पुर्‍याइदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरीसँग उनीहरूको धकेलाधकेल समेत भएको थियो ।

सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितले पछिल्लोपटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro