site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सहज जित, विराटनगरको लगातार दोस्रो हार 

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ । कप्तान दीपेन्द्रसिह ऐरी अर्धशतकमा सुदूरपश्चिमले सहज जित निकालेको हो ।

प्रतियोगितामा विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.१ ओभरमा ९२ रनमै समेटियो । योसँगै सुदूरपश्चिम पहिले ब्याटिङ गरेर जित निकाल्ने पहिलो टिम बन्यो । प्रतियोगिताको यसअघिका तीनै खेलमा लक्ष्य पछ्याउने टिमले जित निकालेका थिए ।

विराटनगरका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । टिमबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका बसिर अहमेदले २४ रन जोडे । उनले २८ बलमा दुई चौका प्रहार गरे । 

राजेश पुलामीले १५ बलमा एक छक्कासहित १५ रन थपे । अनिल खरेल १० रनमा अविजित रहे । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान सन्दीप लामिछानेले आठ, इस्मात आलमले ६, निकालेस किर्टोन र दीपक बोहराले समान पाँच रन बनाए । लोकेश बमले दुई र प्रतिश जिसीले एक रन जोड्दा क्रिस सोलले नौ रन बनाए । 

यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका ओपनर मार्टिन गप्टिल भने आज ‘गोल्डेन डक’ भए । 

विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका स्कट कुगेलेन र अभिनाश बोहराले समान तीन विकेट लिए । ब्रान्डन म्याकमुलम, सैब जैबले र इशान पाण्डेले एक–एक विकेट लिए । 

पहिलो इनिङ : कप्तान दीपेन्द्रको आक्रामक अर्धशतक 
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको थियो । यो जारी प्रतियोगिताकै सबैभन्दा ठूलो योगफल हो । यसअघि सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै हालसम्मको ठूलो योगफल थियो । 

सुदूरपश्चिमका कप्तान ऐरीले ५७ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । योसँगै दीपेन्द्र जारी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर बने । यसअघि जनकपुरका दुई ब्याटर लहिरु मिलान्था र अनिल शाहसँगै विराटनगरकै मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए । 

दीपेन्द्र प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो नेपाली ब्याटर बने । यसअघि कर्णालीविरुद्ध ६२ रन बनाउँदै जनकपुरका अनिल प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याटर बनेका थिए । 

८९–५ को स्थितिमा ब्याटिङमा आएका दीपेन्द्रले छैटौँ विकेटका निम्ति इशान पाण्डेसँग २५ बलमा ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए । १७औँ ओभरको पाँचौँ बलमा आउट हुुनुअघि इशानले १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाए । इशानलाई विराटनगरका विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए । 

सुदूरपश्चिमले पहिलो इनिङको अन्तिम ६ ओभरमा ८५ रन बनाएको थियो । खेलको १४ ओभरसम्म सुदूरपश्चिमले पाँच विकेट गुमाएर ९७ रन बनाएको थियो । 

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ३६ रन जोडे । १३औँ ओभरको चौथो बलमा आउट भएका उनले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । म्याकमुलमलाई अनिल खरेलले प्रतिश जिसीबाट क्याच गराउँदै पभेलियनको दिशा देखाएका थिए । ओपनर विनोद भण्डारीले २३ रन बनाए । अनिल खरेलले गरेको पाँचौँ ओभरको चौथो बलमा प्रतिशबाट क्याच हुनुअघि उनले २० बलमा चार चौका प्रहार गरे । सैफ जैबले १४ रन थपे । 

११औँ ओभरको तेस्रो बलमा बोल्ड भएका जैबले १५ बलमा एक छक्कासहित १४ रन बनाए । १९औँ ओभरको तेस्रो बलमा आउट भएका स्कट कुगलेनले ६ बलमा दुई चौका प्रहार गर्दै १० रन जोडे । उनलाई विराटनगरका क्रिस सोलले निकोलस किर्टोनबाट क्याच गराएका थिए । यसबाहेक, आरिफ सेखले पाँच बलमा दुई चौकासहित नौ रन बनाए । ओपनर अमित श्रेष्ठले एक रन थपे । 

विराटनगरका अनिल खरेलले तीन विकेट लिए । चार ओभर बलिङ गरेका अनिलले २६ रन खर्चिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले समान एक विकेट लिए । विराटनगरका कप्तान सन्दीप लामिछाने भने विकेटविहीन रहे । चार ओभर बलिङ गर्दा उनले ३१ रन खर्चिए । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो । जितसँगै सुदूरपश्चिमले दुई अंक जोड्दा विराटनगर भने अंकविहीन छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro