site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमविरुद्ध पावर प्लेमा विराटनगरको खराब सुरुआत, मार्टिन गप्टिल ‘गोल्डेन डक’ 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावर प्लेमा खराब सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले ६ ओभरमा २१ रन बनाउँदा तीन विकेट गुमाएको छ । 

विराटनगरबाट हाल क्रिजमा रहेका राजेश पुलामी चार र बसिर अहमेद आठ रनमा खेलिरहेका छन् । विराटनगरका ओपनर मार्टिन गप्टिल ‘गोल्डेन डक’ भए । अर्का ओपनर लोकश बमले पनि दुई रन मात्रै थप्न सके । निकोलस किर्टोन पाँच रन बनाउँदै पभेलियन फर्किए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो । 

यता, विराटनगरको भने आज दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro