खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १०० रन पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४.१ ओभरमा पाँच विकेट गुमाएर १०० रन पूरा गरेको हो ।
सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरी सात र इशान पाण्डे आठ रनमा खेलिरहेका छन् ।
प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो । विराटनगरको भने दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १०:२१
प्रतिक्रिया दिनुहोस्