site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर नगरपालिकामा कांग्रेसका कृष्णमान डंगोल जित नजिक*
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोल जित नजिक पुगेका छन् । बाँकी रहेको एउटामात्र वडाको मतगणना जारी रहँदा उनी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरभन्दा एकहजार १०२ मत अगाडि छन् ।

निरन्तर अग्रता बढाउँदै लगेका डंगोलले चारहजार ७६८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानन्धरले तीहजार ६६६ मत ल्याएका । तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीनहजार ३२७ मत पाए ।

यसैगरी, 'केटा र केटी' चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार राजमान महर्जनले एहजार ७०५ मत पाएका छन् । अर्का स्वतन्त्र उमेदवार 'बाकस' चुनाव चिह्न भएका कविकुमार महर्जनले एकहजार २२१ मत पाएका छन् । यस्तै, 'कैँची' चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारीले एकहजार ४३ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ८६९ मत पाएका छन् ।

पछिल्लो विवरण अनुसार, १८ हजार १३८ मत गणना हुँदा १७ हजार ६७४ मत सदर भएको छ । यस्तै, ४६४ मत बदर भयो ।

कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भइसकेका छन् ।

*यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro