site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली प्रतिनिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन् । उनले मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

मंगलबार नै उनी चिनियाँ समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । 

प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro