site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषा । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनील कापर केवट निर्वाचित भएका छन् ।  

आइतबार भएको उपनिर्वाचनमा केवटले ६८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे । जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ मत प्राप्त गरे । 

जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro