site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु

बैङ्लोर, भारत । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीनजनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेंगल नाम दिइएको चक्रवात शनिबार राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा)को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।

तमिलनाडुराज्यका विपद् व्यवस्थापनमन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीनजनाको मृत्यु भएको जानकारी दिए । तर, आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए । 

‘द टाइम्स अफ इन्डिया’ले मृतकको संख्या चार रहेको उल्लेख गरेको छ । आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको छ । तर, अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ ।

उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपद् यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।

यो आँधी आइतबारपछि विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले आँधीको जोखिम रहँदासम्म समुन्द्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ । केही क्षेत्रमा मध्यमदेखि उच्च बाढीको जोखिम रहेको बताएको छ ।

फेंगलले यसै साताको सुरुमा श्रीलंकाको समुद्री तटमा अवतरण हुँदा ६ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

जीवाश्म इन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपद्  अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ । 

राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको संख्यामा कमी ल्याएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro