site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी 

काठमाडौं । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन उदीयमान खेलाडी छनोट गरेको छ । कोसी प्रदेशका पाँच जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका तीनजना उत्कृष्ट खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको हो । 

किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एकजनाले एनपीएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् । विराटनगर किंग्सले कोसी प्रदेशका इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो । 

विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा यही मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । 

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro