site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्ले असल अनुयायी र नेता गुमायो : अग्नि खरेल

काठमाडौं । पूर्वकानुनमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संसद्ले एक असल अनुयायी र नेता गुमाएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा उनले सभामुखको आसनमा तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा ढुंगानाबाट अरूले पाउने उल्लेख गरेका छन् ।

“नेपालको संसद्ले यस व्यवस्थाको एक असल अनुयायी र नेता गुमाएको छ भने सभामुखको आसनमा बसेर तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भनी एउटा मानक बनाउने स्वर्गीय कृष्णप्रसाद भट्टराई (२०१५ साल), स्वर्गीय सुवासचन्द्र नेम्वाङ (२०६३ पछि पटकपटक) र तपाईं (दमननाथ ढुंगाना २०४८)लाई सदैव सम्झनेछ र अरूलाई प्रेरणा दिनेछ,” उनले लेखेका छन् ।

उनले ढुंगानाको निडर र हक्की स्वभाव रहेको स्मरण गरेका छन् । “तपाईंको निडर एवं हक्की स्वभाव, आफूलाई लागेका विचार निर्धक्क ढंगले व्यक्त गर्न सक्ने क्षमता, आफूले बोलिरहँदा सबैलाई आफूतिर आकर्षित गर्न सक्ने खुबी र आफ्ना भिन्न धारणालाई सशक्त ढंगले प्रस्तुत गर्ने नवीन शैली तपाईंका अनुकरणीय गुणहरू हुन् । मेरो विचारमा यिनै गुणले तपाईंलाई ‘दमननाथ’ बनाएको हो र बनाइरहनेछ,” खरेलले लेखेका छन् ।

पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro