site stats
बाह्रखरी :: Baahrakhari
कला
विपीनको अपोजिटमा उपासना, मुकुन पहिलोपटक खलपात्रमा देखिँदै  

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘कर्मा’मा उपासना सिंह ठकुरी र मुकुन भुसाल अनुबन्धित भएका छन् । यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विपीन कार्की यसअघि नै अनुबन्धित भइसकेका छन् । 

चलचित्रमा उपसना अभिनेता विपीनको अपोजिटमा देखिने छिन् । मुकुन भने खलपात्रका रुपमा देखिने छन् । विपीन र उपासनाले पहिलोपटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । मुकुन पहिलोपटक खलपात्रका रुपमा देखिन लागेका हुन् । 

चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । चलचित्र मंसिरको दोस्रो सातापछि छायांकनमा जानेछ । 

‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गते रिलिज गर्ने निर्माणपक्षले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्