देश

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे चर्किएको आशंकापछि करिब आधा घण्टा जहाज आकाशमै रोकिएका छन् । त्रिभुवन विमानस्थल स्रोतले दिएको जानकारीअनुसार रन वे चर्किएको आशंकापछि केहीबेर जहाज रोकिएको थियो ।
प्रवक्ता रिन्जी शेर्पाले पनि रन वे बिग्रिएको भन्ने सूचनाका आधारमा चेक जाँच गर्न केहीबेर जहाज होल्ड गरिएको बताए ।
“बिग्रेको जस्तो लागेर चेकजाँच गरेका हौँ, तर त्यस्तो केही पनि खराबी पाइएन । अहिले जहाज उडान र अवतरण भइसकेका छन्,” उनले बाह्रखरीसँग भने । विमानस्थलस्थित एसएसपी सोमेन्द्र सिंह राठौरले पनि रन वे मा केही समस्या देखिएको बताइएपछि केहीबेर जहाज होल्ड भएको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्