देश

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई गाली–बेइज्जती मुद्दामा दोषी ठहर गरेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा खेपेका भण्डारीलाई अदालतले बिहीबार दोषी ठहर गरेको हो ।
कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले भण्डारीलाई दोषी ठहर गर्दै एक लाख क्षतिपूर्ति, १० हजार जरिवाना र एक महिना कैदको फैसला सुनाएको हो ।
कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ २०:२८
प्रतिक्रिया दिनुहोस्