कला

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को अस्ट्रेलिया अधिकार बिक्री भएको छ । राजेश हमालको कमब्याक भनिएको चलचित्रको अस्ट्रेलिया अधिकार बिक्री भएको हो ।
जेठ ९ गतेबाट रिलिजमा आउन लागेको ‘नरसिंहाः अवतार’को अन्य देशमा पनि माग भइरहेको लेखक तथा निर्देशक दिवाकर भट्टराइले बताएका छन् ।
चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्