site stats
बाह्रखरी :: Baahrakhari
कला
बंगलाचुलीमा चलचित्र निर्माण कार्यशालामा १७ युवालाई प्रशिक्षण

काठमाडौं । दाङको बंगलाचुलीमा १७ युवाले चलचित्र निर्माण प्रशिक्षण लिएका छन् । वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालित चलचित्र निर्माण कार्यशालामा कालिकोट, बर्दिया, दाङ र रुपन्देही जिल्लाका १७ युवाले प्रशिक्षण लिएका हुन् । 

पहल नेपाल र एएस उडान फिल्मको संयुक्त आयोजनामा गत बिहीबारदेखि सुरु भएको कार्यशालामा चलचित्र लेखक विकास सुवेदी, करुण थापा,  निरज कँडेल, मुनाल घिमिरे र केएल बुढाथोकीले प्रशिक्षण दिएका थिए ।  

चलचित्र विकास बोर्ड र बंगलाचुली गाउँपालिकाको सहकार्य रहेको चलचित्र निर्माण कार्यशालामा चलचित्रको संरचना, निर्माणका चरण, पटकथा, छायांकनको सिद्धान्त, निर्देशन सीप, सिनेमा र एआईलगायत विषयमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

मोफसलमा चलचित्र निर्माणमा जागरुकता ल्याउने, सीपयुक्त जनशक्ति उत्पादन गर्ने र स्तरीय चलचित्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यशालाले आयोजना गरिएको संयोजक केएल बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्