site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंसहितका ठाउँमा किन बिजुली आउने/जाने भइरहेको छ ?

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा बिहीबार साँझ बिजुली अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या आएको जनाएको छ । जसका कारण काठमाडौंलगायत मध्य र पूर्वी नेपालभर नै बिजुली आउने–जाने समस्या भएको छ । 

प्राधिकरणका अनुसार, भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफरपुर लाइनमा समस्या आएको जनाएको छ । “भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइन जाने आउने गरेको  हो,” प्राधिकरणले भनेको छ । 

समस्या समाधानको काम भइरहेको पनि प्राधिकरणले जनाएको छ । “छिटै समस्या समाधान हुन्छ । एक ठाउँको मात्रै नभई काठमाडौंलगायत मध्य र पूर्वी नेपालभर नै यो समस्या आएको हो,” प्राधिकरणले भनेको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्