site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीद्वारा २४२ अवैध आप्रवासी पक्राउ 

काठमाडौं । टर्कीले देशको सबैभन्दा बढी जनसंख्या भएको सहर इस्तानबुलको एसेन्युर्ट जिल्लामा २४२ अनियमित आप्रवासीलाई पक्राउ गरेको आन्तरिकमन्त्री अली येर्लिकायाले बताएका छन् । 

सुरक्षा अपरेसन कलकन–२९ टर्की प्रहरीले माइग्रेसन व्यवस्थापन महानिर्देशनालयसँगको सहकार्यमा सार्वजनिक पार्क, होटेल र प्रमुख सडक मार्गहरू लगायतका अनियमित बसाइँसराइ गतिविधि हुने क्षेत्रहरूलाई लक्षित गरेर अपरेसन चलाएको थियो । उक्त अपरेसनमा ३७० प्रहरी अधिकारी, ९३ आप्रवासी व्यवस्थापन कर्मचारी र ३१ वटा मोबाइल माइग्रेसन इकाइहरू खटाइएको थियो । 

यर्लिकायाले नोभेम्बरको सुरुमा घोषणा गरेअनुसार टर्की सुरक्षा बलहरूले यस वर्ष मानव बेचबिखन संगठनहरूविरुद्ध लगभग ६ हजार ३३९ अपरेसनहरू सञ्चालन गरेको र तीन हजार ९२४ अपराधीलाई पक्राउ गरेको छ । युरोप, एसिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थितिका कारण टर्कीले अवैध आप्रवासन व्यवस्थापनमा ठूलो चुनौती सामना गरिरहेको छ ।

यो देश युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि महत्त्वपूर्ण ट्रान्जिट मार्ग र द्वन्द्वग्रस्त क्षेत्रहरू, विशेष गरी सिरिया र अफगानिस्तानका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट पोइन्ट मानिन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro