site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार पनि रूपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल र्‍याली निकालेर जिल्ला सरकारी वकिल कार्यालय नजिक पुगेर रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरिएको उनीहरूको आरोप छ । प्रदर्शनकारीहरूले 'दोषी समाऊ सरकार, दोषी चस्माले हेरेर होइन, राजनीतिक प्रतिशोधको खेल बन्द गर, सत्ताको दुरुपयोग बन्द गर'सहित नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Dabur Nepal
NIC Asia

जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई मंगलबार पोखराबाट भैरहवा लगिएको हो ।

यसअघि, रास्वपाले बुधबार पनि प्रदर्शन गरेको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro