site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवामा रास्वपाको विरोध प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

काठमाडौं । पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले बुधबार रूपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेको छ । रास्वपाले भैरहवाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले 'न्याय मार्न पाइँदैन, अन्याय गर्न पाइँदैन'सहितका नारा लगाएका थिए । सभापति लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिएर दु:ख दिने काम गरेको उनीहरूको भनाइ छ ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा पुर्‍याइएको थियो । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro