site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नगरपालिका र पाँच वडामा लगाइएको ताला एक महिनापछि खुलाइयो
Tiktok banner adTiktok banner ad

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला एक महिनापछि खुलाइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिपछि एक महिनापछि आज ताला खुलाइएको हो ।

गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए । 

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले नगरका वडा नम्बर ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका थिए । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो । 

आजदेखि वडा कार्यालय र नगरपािलकाको सेवा सुरु गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro