राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २६ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा पुर्याइएको हो ।
लामिछानेलाई भैरहवा लगिने भएपछि मंगलबार बिहानैदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
भैरहवा विमानस्थलबाट लामिछानेलाई बयानका निम्ति जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ । विमानस्थल गेटबाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १३:५८
प्रतिक्रिया दिनुहोस्