site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी सेना नेपालमा दलबलसहित आएको छैन : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकजना रथी आएको तर दलबलसहित अरू अमेरिकी सैनिक नेपाल आएको भन्ने सत्य नभएको बताएका हुन् ।

बैठकमा मन्त्री राईलाई प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले उक्त प्रश्न गरेकी थिइन् । “यो अमेरिकन सेना आयो भन्ने कुरामा एकजना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्योभन्दा अर्को कुरा मलाई जानकारीमा छैन,” मन्त्री राईले भने ।

उनले थपे, “मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ । तर, उहाँ भ्रमणका लागि आउनुभएको हो । र, अरू सेनाहरू पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन । यसमा यति भए पुग्छ होला भन्ने लाग्छ ।”

मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro