site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक परिषद्लाई भागबण्डा नबनाऔँ : सांसद केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्था दलको भागबण्डामा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । 

सांसद केसीले संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन आग्रह गरे । "संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाऔँ," उनले भने । 

उनले नीतिगत निर्णय स्पष्ट हुनुपर्ने उल्लेख गरे । अख्तियारले नीतिगत निर्णय छुन नपाउने नाममा भ्रष्टाचार भएको बताए । “अख्तियारले निजी क्षेत्रलाई हेर्ने भनेर अनावश्यक तरंग गर्ने, बार्गेनिङ गर्ने जस्तो लागेको छ । सम्पत्ति शुद्धीकरणमा एक विशिष्ट कर्मचारी राखेर कसरी हुन्छ ?,” उनले प्रश्न गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro