site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले बोलाए देउवा र प्रचण्डलाई सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन् । शुक्रबार (असार ६) दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वार्तामा बोलाएका हुन् । बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, बिहीबार (असार ५) दिउँसो २ बजे बस्ने गरी शीर्ष तीन नेताको बैठक तय गरिएको थियो । तर, ‘विशेष कारणवश’ भन्दै बैठक स्थगन गरिएको थियो ।

आजै बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिनेछन् । उनी प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।

यसै दिन अपराह्न ४ बजे उनले ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्