site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एसपीपीलाई सैद्धान्तिक सहमति दिनु गम्भीर चिन्ताको विषय : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको क्रियाकलापले राष्ट्रिय स्वाधीनताका प्रश्न संवेदनशील बन्दै गएको बताएका छन् । आइतबार मकवानपुरको बज्रबाराहीमा पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार आफ्नो कुर्सी बचाउन राष्ट्रिय स्वाधीनताको सौदाबाजीमा उद्दत रहेको आरोप समेत लगाए ।

राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै उनले यो गम्भीर चिन्ताको विषय भएको बताए । “एपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीज्यूले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरूमा आइ नै सकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रूपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ,” उनले भने ।

प्रचण्डले मन्त्री हुनका निम्ति सांसद हुनुपर्ने बाध्यात्मक अवस्था हटाउनका लागि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्नेमा जोड दिए । “सांसद हुनको लागि निकै ठूलो धनराशि खर्च गर्नुपर्ने अनि सांसद भएपछि मन्त्री हुनैपर्ने, मन्त्री भएपछि खर्च उठाउनको लागि बेथितिमा जानैपर्ने जो अवस्था छ, त्यो कार्यकारी राष्ट्रपति भयो भने राष्ट्रपतिले विज्ञहरू, आफूलाई योग्य ठानेका मान्छेहरूलाई मन्त्री बनाउँछ उसले, मन्त्री हुनलाई सांसद हुन पर्दैन । अनि, चुनावमा खर्च सांसदले गर्नु पर्दैन, राज्यले व्यवस्था गरिदिए हुन्छ,” उनले भने ।

उनले सरकार छाडेपछि माओवादी सहज अवस्थामा रहेको र जनतातर्फ फर्कने राम्रो अवसर प्राप्त भएको बताए । आफू नेतृत्वको सरकारले गरेका काम र उपलब्धि जनतालाई जानकारी गराउँदै पार्टीलाई बलियो बनाउन ध्यानकेन्द्रित गर्ने उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro