site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङको विराटनगर र कटहरीमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–६, भट्टिमोड बस्ने विशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जना पक्राउ परेका छन् । उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७१० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १९ हजार ५०० नेपाली रूपैयाँ, चार हजार ६ सय भारतीय रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro