देश

काठमाडौं । देशका विभिन्न भूभागमा आज हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ ०६:४८
प्रतिक्रिया दिनुहोस्